• २०८१ बैशाख १७ सोमबार

सबैला नगरपालिकामा जितसँगै कांग्रेसले धनुषामा जित्यो ८ स्थानीय तह  

kharibot

धनुषा । धनुषाको सबैला नगरपालिकामा जितेर कांग्रेसले प्रदेश नम्बर दुईमा ३८ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारलाई पराजित गर्दै जित हासिल गरेको हो । कांग्रेसका उम्मेदवार विजयशंकर साह सबैला नगरपालिकाको मेयर बनेका छन् ।

त्यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी निलुदेवी केवट विजयी भएकी छन् ।

सबैला नगरपालिका जितेपछि कांग्रेसले धनुषामा १७ स्थानीय तह मध्ये ८ स्थानीय तह जितेको छ । 

धनुषामा कांग्रेसले जितेका स्थानीय तह :

१.    औरही गाँउपालिका, धनुषा
२.    जनक नन्दनी गाउँपालिका, धनुषा 
३.    धनौजी गाँउपालिका, धनुषा
४.    धनुषाधाम नगरपालिका, धनुषा 
५.    क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
६.    कमला नगरपालिका, धनुषा 
७.    नगराइन नगरपालिका,  धनुषा 
८.    सबैला नगरपालिका, धनुषा
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै