• २०८१ बैशाख १४ शुक्रबार

जर्मनीकी चान्सलर एङ्गेला मर्केल चौथो कार्यकालका लागि निर्वाचित

kharibot

जर्मनी । जर्मनीमा सम्पन्न संघीय निर्वाचनमा एङ्गेला मर्केल चौथो कार्यकालका लागि चान्सलरको रुपमा निर्वाचित भएकी छन् । 

मर्केल चान्सलरको रुपमा चौथो कार्यकालका लागि निर्वाचित भएपनि संघीय चुनावमा उनको गठबन्धन क्रिस्टियन डेमोक्रेट र क्रिस्टियन सोसियल युनियनने राम्रो नतिजा ल्याउन सकेको छैन । यो गठबन्धनले पछिल्लो ७० बर्षमा ल्याएकी सबैभन्दा खराब नतिजा रहेको बिबिसीले उल्लेख गरेको छ ।

संसदमा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ । मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्र्याटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ ।

द नेश्नलिस्ट एएफडी पार्टी संसदमा तेस्रो पार्टी बन्ने देखिएको छ । झण्डै ६ दशकको इतिहासमा नेश्नलिस्ट पार्टी जर्मनीको संसदमा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।

पछिल्लो परिणाम अनुसार मर्केलको गठबन्धनले ३२ प्रतिशत सिट जितेको छ भने उनलाई टक्कर दिएको एसपीडीले २० प्रतिशत सिट जितेको छ ।

जितपछि आफ्ना समर्थकलाई समबोधन गर्दै मर्केलले अझ राम्रो नतिजाक अपेक्षा गरेको बताइन् । उनले देशको आर्थिक र सुरक्षाको एजेन्डामा काम गर्ने बताइन ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै