• २०८१ बैशाख २९ शनिबार

हुन्डाईले हाईवेमा फ्रि चेक अप क्याम्प संचालन गर्दै

kharibot

काठमाडौँ । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई हाईवे एसुरेन्सू – हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । 

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।  

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।  

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानबिर्तामोड ९काँकड्भित्ता), इटहरी (मिलन चोक), हेटौडा (बैंक रोड), सिद्धार्थ रिसोर्ट (चुम्लिङ्गटार, कुरिनटारबाट ५ कि.मी. उत्तरतर्फ), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया)फ्रि चेक अप क्याम्प पोइन्ट को स्थापना गरीेएको छ ।

यसका साथै ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै राजमार्गको चेक पोइन्टहरुको २० किमी दुरीे सम्म रोडसाइड एसिसटेन्टको पनि व्यवस्था गरीेएको छ । यो कार्यक्रम असोज ९ देखी १२  गतेसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय