• २०८१ बैशाख १६ आइतबार

रौतहटमा माओवादीको अर्काे जित, कुश्वाहा बने कटहरियाका मेयर

kharibot

काठमाडौं। रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्रका सियाराम कुश्वाहा विजयी भएका छन् ।

‘फिरोज’ नामले चिनीने कुश्वाहाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मेयरका उममेदवार अजय प्रकाशलाई पछि पार्दै विजय हाँसिल गरेका हुन् । कटहरिया नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रबाटै नजमा खातुन विजयी भएकी हुन । 

मेयर पदमा निर्वाचित कुश्वाहाले ४२३३ मत प्राप्त गरेका छन् भने भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय प्रकाशले ३६८२ मत प्राप्त गरेका हुन । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार नुरजहाँ खातुनले विजय हासिल गरेकी छिन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय