• २०८१ बैशाख १४ शुक्रबार

बर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा रोनाल्डो, मेसी र नेइमार

kharibot

 काठमाडौँ । फिफाले यस बर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फिफाले सार्वजनिक गरेको तीन नाममा रियल म्याड्रिडका पोर्चुगेली स्टार क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसी र हालै बार्सिलोनाबाट पिएसजी गएका ब्राजिलियन स्टार नेइमार रहेका छन् ।

यस बर्षको उत्कृष्ट खेलाडीको उपाधि आगामी अक्टोबर २३ मा दिईदै छ । फिफाले काफु, डोनोभान, फ्रंसेस्कोली, म्याराडोना, कार्लोस प्युयोल, भालडेररामा र इडविन भान डेर सरको प्यानलले उत्कृष्ट तीन खेलाडी छानेको बताएको छ ।

यस अघि फिफाले २४ उत्कृष्ट खेलाडी छनौट गरेको थियो । रियल म्याड्रिडका रोनाल्डोले गत बर्ष यो उपाधि जितेका थिए भने यस बर्ष पनि उत्कृष्ट खेलाडीको अवार्ड जित्नेमा रोनाल्डोको नाम सबै भन्दा अगाडी रहेको छ । रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताएका छन् भने आफ्नो देश पोर्चुगललाई युरो कप जिताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै