• २०८१ बैशाख १४ शुक्रबार

२ नम्वर प्रदेशको चुनावी चक्करः एमालेले किन खादैछ ठक्कर ?

kharibot

काठमाडौँ । ३१ वैशाख र १४ असारका चुनावमा शानदार अग्रतासहित पहिलो भएको नेकपा एमाले असोज २ को अन्तिम चुनावी प्रतिष्पर्धामा चौथो हुने वाध्यतातिर धकेलिएको देखिदैछ । त्यसैले दशैको मुखमा २ नम्वर प्रदेशमा प्रतिकुल चुनावी नतिजा अउदै गर्दा शुक्रबारदेखि हुने केन्द्रीय कमिटी बैठक मुलत चुनावी कार्यसूचीमा नै केन्द्रीत भएर सुरु हुदैछ । 

यसअघि प्रमुख विपक्षी एमालेले प्रदेश २ का स्थानीय तहको मतगणनाका क्रममा राज्य पक्षबाट अवाञ्छित गतिविधि भइरहेको आरोप लगाईसकेको छ । बिहीबार साँझ बसेको स्थायी कमिटी बैठकमा नेताहरुले एमालेले जित्ने निश्चित भएका ठाउँमा गणना रोक्ने र घोषणा हुन नदिने क्रियाकलाप भएको बताए । एमालेले सिरहाको लहान, महोत्तरीको पिपरा, बाराको कोल्हबी, आदर्श कोतवाल, पर्साको सखुवा प्रसौनी लगायतका स्थानीय तहमा नियोजित रुपमा अवान्छित गतिविधि भएको बताएको छ ।

वीरगन्ज महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतकै मिलेमतोमा ५० मत गायब पारिएको प्रकरण सार्वजनिक भएपछि राज्य संयन्त्र दुरुपयोग भएको देखिएको एमालेको आरोप छ ।
चुनाव जित्नेले निष्पक्ष भन्ने र हार्नेले धाधली देख्ने भन्ने नेपाली राजनीतिको यो चुनावी रोग कुनै नौलो र नयाँ कुरा होईन । तर मधेश केन्द्रीत मेची महाकाली अभियानका क्रममा सप्तरीमा ६ जनाको ज्यान जाने गरी एमालेले मच्चाएको तनाव होस वा संविधान संसोधन विरोधी रवैया सबैको दण्ड मधेशी मतदाताले एमालेलाई दिएको सुरुवाती चुनावी नतिजाले देखाएको छ ।

एमालेले र खासगरी अध्यक्ष केपी ओलीले मधेश आन्दोलन, नाकाबन्दी तथा संविधान संसोधनका विषयमा गरेका कडा प्रतिरोध र कटु आलोेचनाकै अचानोमा एमाले परेको मत परिणामले देखाउदै लगेको छ ।

२ नम्वर प्रदेशका कुल १ सय ३६ स्थानीय तहमा घोषित परिणाम मध्ये आधा दर्जन सिटमा हासिल गरेको जित र डेढ दर्जन सीटको अग्रताका साथ एमाले तेस्रोका लागि फाईट गरिरहेको छ । जब की यो एमालेको आफै मधेशी मसिहा बन्ने दाबीलाई मतादेशले धज्जी उडाइदिएको संकेत नै हो । मधेशको २ नम्वरमा यो एमालेका लागि चक्कर लगाउने ठक्कर हो । 

२ नम्वर प्रदेशका कुल १ सय ३६ स्थानीय तहमा घोषित परिणाम मध्ये आधा दर्जन सिटमा हासिल गरेको जित र डेढ दर्जन सीटको अग्रताका साथ एमाले तेस्रोका लागि फाईट गरिरहेको छ । जब की यो एमालेको आफै मधेशी मसिहा बन्ने दाबीलाई मतादेशले धज्जी उडाइदिएको संकेत नै हो । मधेशको २ नम्वरमा यो एमालेका लागि चक्कर लगाउने ठक्कर हो । 

२ नम्वर प्रदेशका चुनावी मतपरिणमको प्रारम्भिक मतपरिणामको संकेतले पार्टी पहिलो हुने छनक नदेखेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले सोचेजस्तो परिणाम ल्याउन नसक्ने स्वीकार गरे । उनले वुधवार नैे एमालेले २५ देखि ३० प्रतिशत मत ल्याए राम्रो हुने भन्दै अघिल्लो वर्षको साउनमा सरकार छाड्नु एमालेको ठूलो गल्ति भएको स्वीकार गरे । 

माओवादीलाई प्रधानमन्त्री दिएर एमाले सत्तामै रहिरहेर चुनाव गराउनु पर्नेथियो भन्ने नेता नेपालको निष्कर्ष थियो । त्यसो भएको भए २ नम्बर प्रदेशमा एमालेले मधेश बाहुल्य २ नम्वरमा  ५० प्रतिशत स्थान जित्न सफल हुन्थ्यो भन्ने उनको निष्कर्ष थियो । पार्टीको जनवर्गिय संगठन नेपाल लोकतान्त्रिक अदिवासी जनजाति महासंघको १२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालले २ नम्बर प्रदेशमा पहिलो पार्टी हुन पहिलो धेरै कोसिस गरे पनि नसक्नुका कारण खोज्दै गर्दा एमाले मओवादी सत्तागठबन्धन टुटनुलाई मुख्य कारक कमजोरीका रुपमा स्वीकारेका छन । 

माधव नेपाल नै २ नम्वर प्रदेशका चुनावी मोर्चामा कमाण्डर नतोकिएरै  पनि कमाण्डर कै रुपमा रातोदिन खटिएका थिए, राजपा लगायतका दलको अवरोधका वावजुत । तर पार्टी अध्यक्ष केपी ओली धेरै समयसम्म तराई मधेश झर्दै झरेनन् ।  जम्मा एक दिन खर्चेका थिए ओलीले मधेशको चुनावी अभियान । महासचिव ईशवर पोखरेल पनि माधव नेपाल जस्तै केही बढी खटे मधेशको चुनावी अभियानमा । तर उनको पनि खासै प्रभाव देखिएन । राजपा नेता राजेन्द्र महतोले राजनीतिक स्टन्टवाजी गर्न भने जस्तै एमालेबिहिन २ नम्वर प्रदेश हुन संभव थिएन । प्रारम्भिक नतिजाले पनि त्यो देखाएन । तर पहिलो हुने एमाले सपना चकनाचुर भएको छ । यो एमालेका लागि मधेशप्रतिको पार्टी नीतिमा नै पुर्नविचार गर्नुपर्ने मतादेश नै हो । यद्यपि, नेता नेपालले भने जस्तै एमालेले माओवादीसंगको वामसत्ता गठबन्धनमा पार्टी अध्यक्ष केपी ओलीको दम्भका कारण लगाएको व्रेकको मूल्य चुकाउनु परेको पनि हो नै यो कमजोर परिणामको संकेत । 

नेता नेपालले भने जस्तै एमालेले माओवादीसंगको वामसत्ता गठबन्धनमा पार्टी अध्यक्ष केपी ओलीको दम्भका कारण लगाएको व्रेकको मूल्य चुकाउनु परेको पनि हो नै यो कमजोर परिणामको संकेत । 

पहिलो र दोस्रो चरणको चुनाव ४९ सिटले अग्रतासहित पहिलो भएका कारण एमालेलाई अझै कुल ७ सय ६६ स्थानीय तह मध्ये पहिलो स्थान कायम राख्ने सके मात्रै उसको ईज्जत बाँच्ने छ । अन्यथा काँग्रेसले उसको अग्रतामाथि धाबा बोलेकै छ । एमालेले राजनीतिक रुपमा नाक जोगाउने अवसर अब के मात्रै हो भने उसले काँग्रेस भन्दा ४९ सीट बढी अघिल्ला चरणका चुनावमा जितेको छ । अहिले २ नमवर प्रदेशमा काँग्रेसले कम्तिमा ५० सीटको अग्रता सहित पहिलो भैदिएन भने मात्रै एमालेको साख बाच्ने हो । नत्र काँग्रेसले मधेशमा कम्तिमा ५० सीट जितेमा उसले अघिल्ला परिणाममा पाएको पहिलो दलको ताज पनि उसको पोल्टोबाट खोसिने पक्का खतरा छ । काँग्रेस पहिलो हुने त निश्चित प्रायः छ तर ५० सीट बढी जित्छ जित्दैन भन्ने परिणामले एमालेको स्थानमा असर गर्नेछ ।

एमाले नेता नेपालले चुनावी दौडदौडका वीच रौतहटको गौर नगरपालिका २  स्थित आफ्नै वडामा राजपाका उम्मेद्धवारसंग भोगेको पराजयको सबकले नै  उनको व्यक्तिगत र पार्टीगत कमजोरीलाई उजागर गरिसकेको छ । ठूला नेताको वडास्तरीय पराजय राजनीतिक र रणनीतिक अर्थमा पनि शर्मानक पराजय हो, मतादेशको फरक धार नै हो । एमालेको खस्कदो लोकप्रियताको यो प्रतिनिधि मानक उदाहरण पनि हो । 

केन्द्रीय कमिटी वैठक सुरु हुनु अघिसम्म एमालेले जितेका आधा दर्जन स्थानीय तह करीब डेढ दर्जनमा उसले लिएका अग्रताले उसको मधेशमा पहिलो हुने संभावना समाप्त गरेको मात्रै होईन, दोस्रो स्थानमा सुरक्षित हुन पनि उसले राजपा, माओवादी, संघीय समाजवादीसंग कडा टक्कर गर्नु परेको देखिदैछ । यो एमालेलाई २ नम्वरमा मिलेको कठोर चुनावी .ठक्कर नै हो ।

एमाले र मधेशको संवन्ध मुलतः विरोधी छ । आलोचकहरुले भने जस्तै एमालेले मधेश विरोधी राष्ट्रवादको जुन नौटंकी गरयो त्यसको महंगो चुनावी मूल्य उसले चुकाउन परेको हो भन्नेमा अब दुईमत छैन । त्यसैले अबको केन्द्रीय कमिटी वैठक मधेश मामलामा पार्टीको नीति, सिद्धान्त, व्यवहार र शैली तथा दृष्टिकोण परिवर्तनमा नै बदलाव ल्याउने मन्च बने मात्रै आगामी मंसिरका लागि तय भएका संघीय र संसदीय चुनाव एमालेका लागि फलिफापपूर्ण होलान की ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै