• २०८१ बैशाख १६ आइतबार

दोस्रो एकदिवसीय क्रिकेटमा भारतद्वारा अस्ट्रेलिया पराजित, कुलदीपले लिए ह्याट्रिक

kharibot

काठमाडौँ ।  भारतले अष्ट्रेलियालाई दोस्रो एकदिवसीय क्रिकेटमा पनि पराजित गरेको छ । कुलदीप यादवले ह्याट्रिक विकेट लिएपछि बिहीबार भारतले दोस्रो खेलमा अस्ट्रेलियालाई ५० रनले पराजित गरेको हो । जितसँगै भारतले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 

२ सय ५३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको इनिङ्लाई धराशायी बनाउने क्रममा कुलदीपले तल्लोक्रमका तीन ब्याट्सम्यानलाई आउट गरेका थिए । 

अस्ट्रेलिया ४३.१ ओभरमा २ सय २ रन बनाउँदै अलआउट हुँदा मध्यक्रमका ब्याट्सम्यान मार्कस स्टोइनिस ६२ रनमा अविजित रहेका थिए । कप्तान स्टिभ स्मिथले ५९ रन जोडेका थिए । भारतका भुवनेश्वर कुमारले दुवै ओपनरलाई आउट गर्दै कुल ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले कप्तान विराट कोहलीको ९२ रन मदतमा २ सय ५२ रन जोड्यो । 

अन्तिम बलमा अलआउट भारतका कप्तान वीराट कोहलीले ९२ र ओपनर अजिन्क्या रहानेले ५५ रन जोडेका थिए । अस्ट्रेलियाका नाथन कल्टर नाइल र केन रिचर्डसनले ३–३ विकेट लिए ।

अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा यो भारत लगातार आठौं जित हो । शृंखलाको तेस्रो खेल आइतबार इन्दोरमा हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै