रेखा र आर्यनको रुद्रप्रियाको गीत सार्वजनिक (भिडियो सहित)

खरीबोट

काठमाडौँ, रेखा थापा र आर्यन सिग्देलको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो । 

आगामी कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने फिल्म रुद्रप्रियाको यस गीतमा रेखा थापा, आर्यन सिग्देल र राजन इसानले अभिनय  गरेका छन् । गीतमा राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ भने गायिका मेलिना राईको समेत स्वर रहेको छ ।

लगभग सात वर्षपछि सँगै भएका रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन् । फिल्मको निर्माण सरस्वती थापा र रमेश एमके पौडेलले गरेका छन्।

सम्बन्धित समाचार

रेखा र आर्यनको रुद्रप्रियाको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, रेखा थापा र आर्यन सिग्देलको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो ।  आगामी कात्तिक

‘रुद्रप्रिया’ को नयाँ गीत ‘घरी घरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ।  नेपाली फिल्म ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलले लामो समयपछि अभिनय गर्न लागेको फिल्म रुद्रपियाको दोस्रो गीत ‘घरी घरी’ सार्वजनिक भएको हो ।  गीतलाई

रेखा र आर्यनको ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, भदौ २७ – रेखा थापा र आर्यन सिग्देलको अभिनय रहेको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा नदेखिएका रेखा र आर्यनको