• २०८१ बैशाख १४ शुक्रबार

'हिमालयन हाइड्रो एक्स्पो २०१८' पुसमा काठमाडौंमा हुने

kharibot

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा.लिले संयुक्त रुपमा ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म हुने भएको हो ।

ती संस्थाले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरणसहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरैभन्दा धेरै बिदेशीहरु सहभागी हुने संस्थाले जनाएको छ ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा १ बर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय बर्षमा १ हजार मेगावाट विद्युत्  उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनिक प्रविधिलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिती रहेको थियो । हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहनेछन्  । जलविद्युत् प्रवद्र्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

सरकारले घोषणा गरेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेको छ । सरकार, राष्ट्रिय योजना आयोगले हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै