• २०८१ बैशाख १५ शनिबार

दशैका लागि मुस्ताङबाट आउदैछन् भेँडाच्याङ्ग्रा (फोटो फिचर)

kharibot

दसैँतिहारमा बिक्रीका लागि मुस्ताङबाट म्याग्दीको बेनीमा ल्याएको भेँडाच्याङ्ग्रा पर्वततर्फ लैजाँदै व्यवसायी । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

म्याग्दी । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ ।

बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो ।

भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ । 

दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ । 

मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारीहरुले एउटा भेडा (च्यालु)लाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताए ।

 

यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ । खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । जोमसोमदेखि बेनीसम्म हिँडाएर ल्याउने भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारसम्म पुर्याउने गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै