• २०८१ बैशाख १७ सोमबार

एनआईसी एशिया बैंकले जेएएनबिआइ कोर्स संचालन गर्ने 

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जेएएनबिआइ कोर्स संचालन गर्ने बारेमा आज सम्झौता सम्पन्न भएको छ । 

बैंकले लर्निंग एण्ड डेभेल्पमेन्ट एक्टिभिटीजलाई थप गतिशिलता प्रदान गर्नको लागि  एक छुट्टै विभागको स्थापना गरी कार्य गर्दै आइरहेको छ । बैंक क्षेत्रमाा नै आफ्नो छुट्टै पहिचान रहेको एन आई सी एशिया बैंक लिमिटेड देशकै नम्बर एक बैंक ब्राण्डको रुपमा आफुलाई स्थापित गर्ने महत्वकांक्षी लक्ष्यका साथ अगाडि बढीरहेको छ । सा

थै निकट भविष्यमा नै लर्निंग एण्ड डेभेल्पमेन्ट एक्टिभिटीजलाई थप उचाइमा पुर्याउनको लागि लर्निंग एण्ड डेभेलप्मेन्ट एकेडेमीको स्थापना गरि बैंकिङ सम्बन्धि सम्पुर्ण लर्निंग एण्ड डेभेल्पमेन्ट एक्टिभिटीजहरु संचालन गर्ने वृहत लक्ष्य समेत लिएको छ । 

यस सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई जेएएनबिआइ कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जेएएनबिआइ कोर्ष गराउने पहिलो बैंक नै एनआईसी एशिया बैंक हो । 

यस सम्झौता अनुरुप बैंकले, एनबिआइद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जेएएनबिआइ सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबीआइद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्नेगरेको एनबीआइले जानकारी गराएको छ ।

त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३४८ जना मात्रै जेएएनबिआइ सर्टिफाईड बैंकरहरु रहेको जानकरी समेत एनबीआइले गराएको छ । 

उक्त सम्भौतापत्रमा एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने  र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर सम्पन्न भएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै