• २०८१ बैशाख २० बिहीबार

खेत जोतेर विवाहको प्रस्ताव !

kharibot

लन्डन । सामान्यतया प्रेम प्रस्ताव राख्ने तरिका भन्दा फरक तरिकाले एक कृषि इन्जिनियरले आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन् ।

इङल्याण्डको डोवेनमा बस्ने कृषि इन्जिनियर टम प्लुमले आफ्नी प्रेमिक लाई खेत जोतेर प्रेम प्रस्ताव राखेका छन् । ३९ बर्षिय टमले आफ्नी प्रेमिका जेन स्टिम्पसनलाई खेत जोतेर ‘म्यारी मी’ लेखेर विवाहको प्रस्ताव राखेका थिए ।

पछिल्लो दश बर्ष देखि प्रेम सम्बन्धमा रहेका उनीहरु, प्रेमी टमको विवाहको यो प्रस्तावले जेनलाई निकै प्रभावित पार्यो ।

टमले खेलमा म्यारी मी लेखेर प्रेमिका जेनलाई सो देखाउन ल्याएका थिए जेनले नयाँ गाई किनेको होला भन्ने अनुमान गरेकी थिइन् । तर आँखा खोले हेर्दा विवाहको प्रस्ताव देखेर हैरान भएको बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै