• २०८१ बैशाख १४ शुक्रबार

पिएसजीका लागि लियोनको दुई गोल, पेनाल्टीबाट चुके कभानी

kharibot

फाइल तस्बिर

काठमाडौँ ।  फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो विजयी यात्रा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलम पिएसजीले लियोनलााई २–० ले हराएको हो । लिगको यो सिजनमा पिएसजीको लगातार छैटौं जित हो । 

यस खेलमा पिएसजीले आफुले गोल नगरी खेल जितेको छ । दुवै गोल लियोनका खेलाडीले आत्मघाती गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको अन्तिम १५ मिनेट लियोनका लागि घातक बन्यो । 

खेलको ७५औं मिनेटमा लियोनका गुएडिस फिल्होले आत्मघाती गोल गरेपछि पिएसजीले अग्रता लियो । त्यस्तै खेलको ८६औं मिनेटमा लियोनका मोरेलले फेरि आत्मघाती गोल गरेपछि पिएसजी २–० ले विजयी भयो । 

दोस्रो उपहार गोल पाउनुअघि पिएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर पेनाल्टी प्रहार गरेका एडिसन काभानी गोल गर्न सकेनन । नेइमार पनि पेनाल्टी प्रहारका लागि इच्छुक भएपनि काभानीले पेनाल्टी प्रहार गरे र त्यसमा चुकेका थिए । 

पिएसजी लगातार ६ खेलमा जित हासिल गर्दै १८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै