• २०८१ बैशाख २७ बिहीबार

२३ लाख ७३ हजार राजस्व हिनामिना गर्ने यातायातका लेखापालसहित तीनविरुद्ध मुद्दा

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय मोटरसाइकल बागमती काठमाडौंमा कार्यरत जनक कुमारी रिजालसहित अन्य दुई विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लाखाँै राजस्व रकम हिनामिना गरेको भन्दै आयोगले यातायात काठमाडौंमा कार्यरत लेखापाल जनक कुमारी रिजालसहित उनलाई सघाउने दिनेश बोहरा र ठाकुर केसीविरुद्ध मुद्दा दायर गरेको हो ।

यातायातले लेखापाल रिजालले २३ लाख ७३ हजार राजस्व रकममा हिनामिना गरेको भन्दै अख्तियारलाई पत्र पठाएको थियो । सोही पत्रको आयोगले अनुसन्धान गर्दा राजस्व रकम कानुनले निर्धारण गरेअनुरुप कार्यालयको खातामा बैंक दाखिला नगरेको पाइएको हो । \

अख्तियारका अनुसार उनीविरद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३(१) र सोही दफाले देहायको (च) बमोजिम हदैसम्मको कारबाही मागदाबी गरिएको  छ । त्यस्तै रिजालको अपराधमा सघाउने स्याकार ट्रेडिंग कम्पनी प्रालिमा कार्यरत दिनेश बोहरा र ठाकुर केसीलाई सघाएको भन्दै अख्तियारले उनीहरुविरुद्ध पनि सजाय माग गरी मुद्दा दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै