• २०८१ बैशाख २० बिहीबार

घर भाडा नदिएपछि राप्रपा कार्यालयमा ताला

kharibot

बेंसीशहर(लमजुङ), घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङको कार्यालयमा ताला लागेको छ ।

तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाउनुभएको हो । बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए ।

वाग्लेले बेसीशहरमा आज पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको बताउनुभयो । वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको रु ३० हजार, २०७२ सालको रु ५४ हजार, २०७३ सालको रु ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको रु १५ हजार भाडा लिन बाँकी छ ।

राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै