• २०८१ बैशाख १७ सोमबार

सलमानले अन्तत: दीपिकासँग रोमान्स गर्ने

kharibot

मुम्बई । बलिवुडका दबंग खानले अन्तत दिपिका पादुकोणसँग पर्दामा रोमान्स गर्ने भएका छन् ।

रिपोर्टका अनुसार सलमान खान र दीपिकालाई किक-२ मा सँगै देख्न पाइने भएको हो ।

यसअघि ज्याक्लिन फर्नान्डिसलाई लिने भनिएकोमा फिल्मका निर्माताले ज्याक्लिनलाई रिप्लेस गर्दै दीपिकालाई लिने भएका हुन् ।

सलमान र दीपिका यसअघि कुनै फिल्ममा देखिएका छैनन् । अहिलेको रिपोर्ट अनुसार सबै कुरा ठिक भएमा फिल्म किक-२ सन् २०१९ को क्रिसमसमा रिलिज हुने बताइएको छ ।

फिल्मका निर्माताले सलमान र ज्याक्लिनको जोडीले रेस-३ मा काम गरिरहेकाले फ्रेश जोडीलाई किक-२ मा ल्याउने प्रयास स्वरूप सलमानसँग दीपिकालाई फिल्ममा ल्याउने भएको बताइएको छ ।

हाल सलमान कट्रिना कैफसँगको फिल्म टाइगर जिन्दा है मा व्यस्त छन् भने दीपिका संजय लिला भन्सालीको फिल्म पद्मावतीमा व्यस्त रहेकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै