विमलेन्द्र निधिसँग निर्वाचन आयोगले माग्यो २४ घन्टे स्पष्टीकरण 

खरीबोट
ad

काठमाडौं । दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लघंन गर्ने विभिन्न दलका नेतालाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ । 

धनुषामा चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई नेपाली कांग्रेसको चुनाव चिन्ह अंकित गम्छा लगाएर सहभागी भएको भन्दै स्पष्टीकरण सोधिएको छ ।

यस्तै, सिरहाको धनगढी नगरपालिकाको जिरोमाइल र धनुषाको मिथिला नगरपालिका लालगढमा भएको चुनावी सभामा बालबालिका प्रयोग भएको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सिरहाका कांग्रेस जिल्ला सभापति र धनुषाका कांग्रेस जिल्ला सभापति र माओवादी केन्द्रका जिल्ला इन्चार्जलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ  । 

यसैबीच, निर्वाचन आयोगले प्रमुख ७ दललाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न गराउन आग्रहसमेत गरेको छ । 

आयोगले बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न-गराउन आग्रह गरेको हो । 

आयोगले चुनाव प्रचारप्रसारको क्रममा तोकिएको संख्याभन्दा बढी गाडी प्रयोग भएको, गाडी, मोटरसाइकल, रिक्सा र साइकलको र्‍यालीसहितको जुलस प्रदर्शन गरिएको, चुनाव चिह्न अङ्कित टोपी, टिसर्ट, झोला, गम्छा, स्टिकर आदिको प्रयोग भएको साथै भित्ते लेखन भएको, बालबालिकाको प्रयोग भएको, सार्वजनिक ठाउँमा पोस्टर टाँस्ने र झण्डा लगाइएको भन्दै यस्ता काममा रोक लगाउन आग्रह गरेको हो ।
 

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्य बन्ने कुरा पूर्णतः असत्य हो : निधि

जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताएका छन् ।  जनकपुरधाममा आज आयोजित पत्रकार

काँग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । स्थानीय ओम अस्पतालमा एक हप्ताको उपचारपछि पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज घर फिर्ता भएका छन् ।  लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि धनुषा क्षेत्र नं

राष्ट्रपतिबाट नेता निधिको स्वास्थ्यस्थितिबारे चासो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गरेकी छन् ।  राष्ट्रपति भण्डारीले शनिबार आफ्ना राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेल र सञ्चारविज्ञ माधव

काँग्रेस नेता निधिलाई निमोनिया

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिल स्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई