राष्ट्रपतिसँग बालबालिका

खरीबोट

तस्बिर : रासस

काठमाडौँ । राष्ट्रिय बाल दिवस २०७४ का अवसरमा राष्ट्रपति कार्यालयले आज ‘राष्ट्रपतिसँग बालबालिका’ कार्यक्रम आयोजना गर्यो । 

उक्त कार्यक्रममा परोपकार माध्यमिक विद्यालय, शारदा मावि र समता स्कूललगायतका विद्यालयका विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति कार्यालयको प्राङ्गणमा बालबालिकालाई खेल्ने व्यवस्थासमेत गरिएको थियो । 

सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक बालबालिकामा भोलिको देश देखिने हुँदा ती बालबालिकालाई आज असल शिक्षा दिन आवश्यक भएको बताउनु भयो । 

राष्ट्रपति भण्डारीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढाउँदै लैजानुपर्ने र प्रतिफल पनि त्यहीअनुसार आउनुपर्नेमा जोड दिनुभयो । उहाँले अनेकतामा एकता कायम गर्दै बालबालिकालाई अगाडि बढाउने एउटा कडीका रूपमा बाल दिवस मनाउँदै आएको पनि बताउनुभयो । 

बिहीबार ‘बालमैत्री शासन ः बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइँदै छ । 

सम्बन्धित समाचार

लोकसेवा आयोगद्वारा बार्षीक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले सो प्रतिवेदन पेश गरे । नेपालको संविधानको

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेद्वारा अन्तत: राजीनामा, खुशियाली मनाउन जनता सडकमा 

हरारे ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले अन्तत: राजीनामा दिएका छन् । पछिल्लो ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् ।  मुगावेको राजीनामासँगै राजधानी हरारे लगायतका देशका विभिन्न ठाउमा खुशीयाली

जिम्बाबेका राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाइँदै

हरारे ।  जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ । सो प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ ।  आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र

तत्काल पदबाट राजीनामा दिन जिम्बाबेका राष्ट्रपतिलाई आफ्नै पार्टीको दबाब

अफ्रिका । जिम्बाबेका नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेलाई आफ्नै पार्टीले राजीनामाका लागि दबाब दिए पनि उनले भने अस्वीकार गरेका छन् । पार्टीले मुगाबेले राजीनामा नगरे उनीमाथि लगाइने महाभियोग प्रस्तावलाई समर्थन