काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ ।
बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ ।
बार्सिलोनाको जितमा लियोनल मेसीले खेलको ४५औँ र ६९औँ मिनेटमा गोल गरेका थिएभने इभान र्याकिटिकले खेलको ५६औँ मिनेटमा गोल गरेका थिए ।