• २०८१ बैशाख १७ सोमबार

निर्वाचन हुने प्रदेश नं २ का शिक्षण संस्थामा पाँचदिने सार्वजनिक बिदा

kharibot

काठमाडौँ । सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाका शिक्षण संस्थामा पाँच दिन सार्वजनिक बिदा दिएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि असोज ३ गतेसम्म प्रदेस नम्बर २ का ८ जिल्लाका शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए । 

बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री बस्नेतले जानकारी दिए । 

विदेशमा रहेका नेपाली नागरिकका नेपाली नागरिकता लिई नसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि नेपाली राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ । 
बैठकले संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जाने भ्रमण दललाई स्वीकृत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै