म्यान्मारमा रोहिंज्यामाथिको हिँसाः शान्तिकी पुजारी सुकीको ख्यातीमा कलंक

खरीबोट

तस्बिर : अलजजिरा

काठमाडौँ । “तपाईंले सामना गरिरहेको अप्ठेरा तथा चुनौति हामी पूर्ण रुपमा बुझ्छौं । राखाइन राज्यमा भएका अतिवादी हिंसा, विशेषगरि सुरक्षा फौज विरुद्धका हिंसा अनि निर्दोषहरुलाई परेको असर तथा उनीहरुको ज्यान गएको प्रति तपाईंले दर्शाएको चिन्ता हाम्रो पनि हो,“ गत साता मात्रै म्यानमार भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको रोहिंज्या समस्यालाई लिएर म्यानमारकी नेतृ आङ सान सुकीले लिएका अडानको समर्थन गर्दै भनेका थिए । 

यता म्यानमारका शरणार्थीहरुको ओइरो लागेपछि बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले विश्व नेताहरुलाई म्यानमारलाई ती शरणार्थी फिर्ता लिन दबाब दिन आह्वान गरीरहेकी थिईन । आफ्नो देशका निम्ति शरणार्थीहरुको ओइरो ठूलो बोझ भएको उनले बताइन् । नेपालले दुई दशक अघि व्यहोरेको भुटानी शरणार्थी समस्यालाई बिर्साउने सो बोझप्रति प्रधानमन्त्री हसिना दुखित रहदा भारतीय समकक्षी मोदी प्रशन्न थिए ।

म्यानमारको राखाइन प्रान्तमा अगस्ट २५ तारिखमा हिंसा भड्किएपछि हालसम्म १ लाख २३ हजार भन्दा बढी अल्पसंख्यक मुसलमान रोहिंज्या समुदायका मानिसहरु भागेर बांग्लादेश प्रवेश गरेको बताइएको छ । रोहिंज्या उग्रवादी समूहले प्रहरी चौकीहरुमाथि आक्रमण गरेपछि त्यहाँ बर्मेली सैनिकले जवाफी कारबाही गरिरहेका छन् । फलस्वरुप जीउज्यान जोगाउन आफ्ना थातथलो छाडेर भाग्ने रोहिंज्या मानिसहरुको संख्या बढ्दो छ ।

नेपालमा शरणर्थीको गेमप्लान त होइन ?

दक्षिण एशीयाको अशान्त तस्वीर यही म्यानमारको हिंसा र पलायन, भारतको समर्थन र बाँग्लादेशको शरणार्थी भारको पीडा नै हुन । यसमा नेपाल पनि शरणार्थीको मारमा पर्ने चौतर्फी आशंकाहरु थपिएका छन । नेपालमा वौद्ध धर्म तथा विज्ञानका ज्ञाता तथा अनुसन्धानकर्ता वसन्त महर्जन यसैको चिन्ता गर्दै मिडियाबाजीको उद्देश्य बुझी सतर्क रहन आग्रह गर्छन  ।  

अनुसन्धानकर्ता मर्हजन भन्छन, म्यान्मार (बर्मा) का घटनाक्रम तथा रोहिंग्या मुस्लिमहरुबारे नेपालका समाचार माध्यममा निकै सामग्रीहरु प्रकाशन र प्रसारण हुन थालेको देखिन्छ । ती सामग्रीमा म्यान्मार (बर्मा) को रैथाने बौद्ध समुदायको नकारात्मक छवि र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि प्रस्तुत गर्न खोजेको देखियो । रोहिंग्या मुस्लिम समुदायबारे नेपाली जनमानसमा सहानुभूति जगाई नेपालमा रोहिंग्या मुस्लिम शरणार्थीहरुलाई ठूलो संख्यामा शरण दिलाउने उद्देश्यले समाचार, रुपक (फिचर) एवं वैचारिक लेखहरु प्रकाशन प्रसारण गर्न थालिएको देखिन्छ ।

वौद्ध धर्म विज्ञ महर्जन अगाडि थप्छन, संसारमा जहाँकहिँ पनि अशान्ति हुनु राम्रो होइनस तर, बौद्ध समुदायको नकारात्मक र रोहिंग्या मुस्लिम समुदायको सकारात्मक छवि निर्माणको औजार नेपाली मिडिया बन्नु चिन्ताको कुरा हो । नेपालले विधर्मी समुदायका शरणार्थीको बोझ धान्न सक्दैन भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ ।

नेपालको विदेश मन्त्रालय म्यानमारको बारेमा मौन छ । केही वुद्धिजीवि, लेखक तथा अधिकारकर्मीहरुको झुण्डले एक भारतीय महिला पत्रकारको हत्या तथा उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा माईतीघर मण्डलामा प्रदर्शन गरयो । तर म्यानमारबारे उनीहरु पनि मौन रहे । 

पत्रकार समेत रहिसकेका वौद्ध विद्धान मर्हजनले भने जस्तै भेष्टेड ईन्ट्रेष्टका लागि यहाँका मिडियाहरु म्यानमार काण्डमा दुरुपयोग त भैरहेका छैनन् भन्ने पनि उत्तिकै आशंका छ । किन भने नेपाललाई विदेशी क्रिडास्थल बनाउन यहाँ गेमप्लान भएको छैन भन्ने अवस्था छैन ।

गत अगस्ट अन्त्यमा नाटकीय रुपमा दोक्लम प्रकरणबाट पछि हटेसंगै चीनमा व्रिक्ससम्मेलनमा सहभागि भएर म्यानमार पुगेका भारतीय प्रधानमन्त्री मोदीको म्यानमार प्रकरणबारेको उक्त भनाई र समर्थन म्यानमारकी नेतृ सुकीको सम्मानमा भए पनि त्यहाका अल्पसंख्यक रोहिंग्या मुसलमानको अपमान थियो ।

रोहिंज्या सुरक्षीत रहेको सुकी दाबीः

त्यसअघि म्यानमार कि शान्तिवादी नेतृ सूचीले भारतीय प्रधानमन्त्री मोदीलाई साक्षी राख्दै पछिल्लो रोहिंज्या संकटबारे पहिलो पटक प्रतिक्रिया दिंदै उनको सरकारले राखाइन राज्यमा सबैलाई सुरक्षा दिइरहेको दाबी गरेकी थिईन । तर सामाजिक संजाल र मिडियाका रिर्पोटहरुले नेतृ सुकीको दाबीलाई खण्डन गरिरहेका छन । 

सुकीले गलत सूचना फिंजाएर त्यहाँको संकटलाई तोडमोड गरिएको भनेर आलोचना गरेकी भए पनि नोबल शान्ति पुरस्कार विजेताको देशमा उनकै सत्ताकालमा रोहिंज्या मुसलमान समुदाय विरुद्ध म्यानमारको सेनाले जथाभावी हिंसा मच्चाएको भन्ने खबरहरुले ससारकै सातो लिइरहेका छन । 

नोबेल पुरस्कार विजेता सूची पछिल्लो हिंसा र रोहिंज्या मुसलमानहरुको दुर्दशाबारे मौन बसेको भनेर आलोचित छिन । गत दुई सातामा म्यानमारमा अल्पसंख्यक रोहिंज्या मुसलमानहरुविरुद्ध हिंसा मच्चिएका कारण सवा एक लाख शरणार्थी भागेर बांग्लादेश पुगेका छन् । र, यो क्रम रोकिएका पनि छैन । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले म्यान्मारबाट भागेर छिमेकी देश बांग्लादेश प्रवेश गर्ने रोहिंज्या मुसलमानहरुको संख्या उच्च रुपमा बढेको जनाएको छ । यूएनएचसीआरले बीबीसीलाई बताए अनुसार दुई साताभन्दा पनि कम समयमा बांग्लादेश प्रवेश गर्ने शरणार्थीको संख्या एक लाख २० हजारभन्दा बढी पुगेको छ ।

के हो बिबादको चुरो ?

रोहिंज्या उग्रवादी समूहले प्रहरी चौकीहरुमाथि आक्रमण गरेपछि त्यहाँ बर्मेली सैनिकले जवाफी कारबाही गरिरहदा करीब डेढ लाख बढी शरणार्थी भएका छन् । जीउज्यान जोगाउन आफ्ना थातथलो छाडेर भाग्ने रोहिंज्या मानिसहरुको संख्या बढ्दो छ । राज्यविहीन भनिने रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यकहरु हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन् । 

युएन आवद्ध सहायता निकायहरुले जनाए अनुसार धेरै शरणार्थीहरु खाना र पिउने पानी बिना नै कैयौं दिनसम्म हिँडेर बांग्लादेश आइपुगेका छन् । संयुक्त राष्ट्रसंघले शरणार्थीहरुलाई आवश्यक पर्ने खानेकुरा र आश्रयको मागमा नाटकीय वृद्धि भएको बताएबाटै म्यानमारमा अशान्ती बढेका स्पष्ट हुुन्छ । 

संयुक्त राष्ट्रसंघका दुई वटा शरणार्थी शिविरहरु अहिले पूरै भरिएको र मानिसहरु शिविरबाहिर वा खुला ठाउँमा आश्रयगृहहरु बनाएर र सडक छेउछाउमा समेत सुतिरहेको एक जना संयुक्त राष्ट्रसंघीय प्रवक्ताले बताएबाट म्यानमार शरणार्थी उत्पादनको नयाँ कारखाना बनेको बुझिन्छ ।

मोदीको समर्थन, बाँकीको विरोधः

भारतीय प्रधानमन्त्री  मोदीले गत मंगलबार औपचारिक भ्रमणका लागि म्यानमार पुगेर रोहिंज्या शरणार्थीहरुको अवस्थाको विषयलाई सुकी सत्ताको समर्थन गरेसंगै यो समस्या तत्काल साम्य नहुने खतरा बढेको छ । गत महिना मोदीको सरकारले म्यानमारसँग आर्थिक र सैन्य सम्बन्ध सुदृढ गर्न चाहेको र गैह्रकानुनी आप्रवासी भन्दै भारतमा रहेका ४० हजार रोहिंज्या शरणार्थीहरुलाई देशनिकाला गर्ने संकेत गरेको थियो । 

म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले म्यानमारकी नेतृ आङ साङ सूची त्यहाँका रोहिंज्या मुसलमान अल्पसंख्यकलाई सुरक्षा दिन विफल भएको भन्दै आलोचना गरेकी छन ्।

नोबेल पुरस्कार विजेता मलाला युसूफजाईले पनि रोहिंज्याहरु प्रति गरिएको व्यवहार दुःखद र लज्जास्पद भएको टिप्पणी सामाजिक संजाल ट्वीटरमार्फत् गरेकी छन् । नोबेल पुरस्कार विजेता शिक्षा अभियानकर्मी मलाला युसुफजाईले अर्की नोबेल पुरस्कार विजेता तथा म्यानमारकी नेतृ आङ साङ सूचीले उक्त हिंसाको भत्सर्ना गरेको हेर्नका लागि आफूले प्रतीक्षा गरिरहेको सन्देशले सुकीको शान्तिप्रतिको समर्पणमा नै प्रश्न उठाईदिएको छ । 

पछिल्ला दिनमा लाख बढी रोहिंज्या मुसलमानहरु त्यहाँबाट भागेर बांग्लादेश प्रवेश गरेको संयुक्त राष्ट्र संघले बताएको छ । म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्हि लीले राखाइन प्रान्तमा स्थिति साँच्चै नै गम्भीर रहेको र नेतृ सूचीले हस्तक्षेप गर्ने समय आएको बताइन् । ली ले नेतृ सूची अप्ठेरो अवस्थामा रहेको स्वीकार गरिन् तर त्यहाँ फैलिएको हिंसाको निन्दा गर्न उनी विफल भएको बताइन् ।

बंगलादेशलाई शरणार्थी भार, नेपाललाई त्रास :

म्यानमार र बंगलादेशको सीमानामा रोहिंज्या शरणार्थीहरुलाई प्रवेश गर्नबाट रोक्ने बांग्लादेश सरकारको आदेश भएपनि त्यहाँका स्थानीय सीमा प्रहरीले उनीहरुलाई प्रवेश गर्न दिइरहेका छन् । प्रहरी चौकीहरुमाथि रोहिंज्याका उग्रवादी समूहले आक्रमण गरे लगत्तै सरकारी सेनाले कारवाही थालेपछि अहिलेको हिंसा भड्किएको हो ।

म्यानमारको सेनाले भने उसले सर्वसाधारणहरुमाथि आक्रमण गर्ने रोहिंज्या उग्रवादीहरु विरुद्ध कारवाही अभियान थालेको बताएको छ । एसियाका मुस्लिम राष्ट्रहरुले अल्पसंख्यक रोहिंज्या मुसलमानहरुले भोगिरहेको अवस्थाप्रति चासो व्यक्त गरेका छन् र कतिपय ठाउँमा रोहिंज्याहरुप्रति गरिएको व्यवहारविरुद्ध स साना समूहमा प्रदर्शनहरु भएका बताइएका छन्।

सैनिक सत्ता शक्तिशाली रहेको तर प्रजातान्त्रिक बाटोबाट निर्वाचित नेतृ सुुची शासक रहेका म्यानमारमा  सीमित पहुँचका कारण स्वतन्त्र पर्यवेक्षकहरुलाई प्रवेशमा सहजता छैन । फलतः सूचनाहरु सही नआएका पनि हुन सक्छन । तर शान्तिकी पुजारी नेतृ सुचीको नाम बदनामीको यो रोहिंज्या खेदाउँ प्रकरण म्यानमारको घरेलु घाऊ मात्रै होईन, छिमेकको काउसो पनि बनिरहेको छ । जसरी बाँग्लादेशले शरणार्थीको भार बोक्यो, उस्तै नियतीमा नेपाल फस्ने खतरा पनि बढेको छ । किन भने त्यहाबाट भागेकाहरुको गन्त्व्य नेपाल हुन थालेको समाचार विवरणहरु आउन थालिसकेकोे सरकारी ध्यान समयमै पुग्न आवश्यक छ ।

सम्बन्धित समाचार

के हुँदैछ म्यानमारमा ?

काठमाडौँ । विगतमा सैनिक शासनका कारण र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि त्यहाँको जुन्ता सरकारले गर्ने ज्यादतीका कारण सधैँजसो चर्चामै तर विश्व समुदायबाट लगभग अलग्गिएजस्तो रहने म्यानमार यतिखेरै अर्कै विषयले चर्चामा

किन गइनन् आङ सान सुकी राष्ट्रसंघको महासभामा ?

काठमाडौँ । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा शुरु हुदै गर्दा म्यानमारकी नेतृ आङ सान सूकी सो सभामा यो वर्ष सहभागि हुन सकिनन्, जब की अघिल्लो सभामा उनले संवोधन नै गरेकी थिईन ।

रोहिङ्गा विवादपछि सुकीले बहिष्कार गरिन् महासभा, राष्ट्रसंघ जाने कार्यक्रम स्थगित

यांगुन । म्यानमारकी राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छिन्  । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले जनाएको छ ।  म्यानमारमा पछिल्लो