• २०८१ बैशाख १४ शुक्रबार

कालिमाटी तरकारी बजार अनुगमन टोलीलाई व्यवसायीले थुने, अनुगमन अवरोध गर्ने केहि पक्राउ  

kharibot

फाइल तस्बीर

काठमाडौँ। तरकारीको बजार मूल्य अनुगमन गर्न जाँदा आज कालिमाटी तरकारी तथा फलफूल बजारमा सरकारी अनुगमन टोली ४ घन्टा थुनिएको छ। कालिमाटी तरकारी बजारका व्यवसायीहरु एकजुट भइ टोलीलाई घेरा हालेका थिए।

अनुगमनमा गएको सरकारी टोलीलाई थुनेर राखेपछि तरकारी व्यवसायीका नेतालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा, बिमल ढुंगाना लगायतलाई प्रहरीले पक्राउ गरेको छ।

सोमवार विहान कालिमाटी तरकारी बजारको अनुगमनका निस्किएको सरकारी टोलीलाई नियन्त्रणमा लिएको अभियोगमा खतिवडा पक्राउ परेका हुन् । 

व्यवसायीहरुले घेरा हालेपछि टोली ४ घन्टासम्म कालिमाटी तरकारी बजार विकास समितिको हलमा ढोका लगाएर बस्न बाध्य भएको थियो । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली ३ बजे नै कालिमाटी बजारमा पुगेको थियो ।

कालिमाटीमा आउने तरकारीका ट्रकको समेत अनुगमन गर्नेगरी टोली त्यहाँ पुगेको थियो। तरकारी बोकेका २ वटा ट्रकमा कुनै बिलबिजक नभेटिएपछि अनुगमन टोलीले नियन्त्रणमा लिने प्रयास गरेको थियो। लगत्तै व्यापारी तथा बिचौलियाहरुले होहल्ला गरेपछि अनुगमन प्रभावित हुन पुग्यो।

अनुगमन टोलीप्रति भएको अभद्र व्यवहारपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मन्त्रालयका सचिव, विभागका महानिर्देशक लगायतको टोली कालिमाटीमा पुगेको थियो ।

मन्त्रीसहितको टोली पुगेपछि प्रहरीले अनुगमन टोलीलाई थुन्ने तरकारी व्यवसायीका नेतालाई पक्राउ गरेको हो। प्रहरीले अनुगमनमा अवरोध गर्ने अन्य व्यवसायीलाई पनि खोजि गरिरहेको जनाएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै