• २०८१ बैशाख १४ शुक्रबार

तेस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा, कोहलीले ९७ र रहानेले ८१ रन बनाए  

kharibot

काठमाडौँ।  इङल्याण्ड र भारतबीच जारी तेस्रो टेस्टको पहिलो दिन भारत सम्हालिएर खेलेको छ।  पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाएर ३०७ रन बनाएको छ। 

टस हारेर पहिला ब्याटिंग गरेको भारतले कप्तान विराट कोहलीको ९७ र आजिख्य रहानेको ८१ रनको मद्धतले ३०७ रन बनाएको छ। भारतका लागि शिखर धवनले ३५, केएल राहुलले २३, हार्दिक पाण्डेयले १८ र चैतेश्वोर पुजाराले १४ रनको योगदान गरेका थिए। 

पहिलो दिनको खेल सकिदा आफ्नो पहिलो टेस्ट क्रिकेट खेलिरहेका विकेट किपर ब्याट्सम्यान रिशव पन्त २२ रन बनाए खेलिरहेका छन्। 

भारतीय पारीमा कप्तान कोहली र रहानेबीच १६९ रनको साझेदारी बनेको थियो भने ओपनर धवन र राहुलले राम्रो सुरुवात गर्दै ६० रनको साझेदारी गरेका थिए। 

इङल्याण्डका लागि क्रिश वोक्सले ३ विकेट लिए भने आदिल रशिद, जिम्मी एण्डरशन र स्टुअर्ट बोर्डले एक एक विकेट लिए। 

यस अघि खेलिएका २ टेस्ट खेलमा दुवैमा इङल्याण्डले जित हासिल गर्दै ५ टेस्टको सिरिजमा २-० को अग्रता हासिल गरेको छ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै