• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर सिटीका प्ले मेकर ब्रुने तीन महिना मैदान बाहिर

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डे ब्रुने तीन महिना मैदान बाहिर भएका छन् । सिटीले ब्रुने तीन महिना मैदान बाहिर हुने भन्दै उनको घुडामा चोट भएको र सर्जरी भने गर्न नपर्ने बताएको छ। 

ब्रुने आर्सनलसँगको यस सिजनको पहिलो खेलमा घाइते भएका हुन्।  सो खेल सिटीले २-० ले जितेको थियो । ब्रुने गत सिजनमा सिटीको उपाधि जितमा प्रमुख भूमिका खेलका थिए।  

उनले गत सिजनमा ८ गोल र १६ गोल असिस्ट गरेका थिए। बेल्जियमबाट उत्कृष्ट फुटबल खेल्दै विश्वकपमा बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याएका ब्रुने क्वाटरफाइनलमा ब्राजिलविरुद्ध महत्वउर्न गोल गरेका थिए, जुन खेल बेल्जियमले २-१ ले जितेको थियो। साथै उनले विश्वकपमा २ गोल असिस्ट गरेका थिए। 

ब्रुने घाइते भएपछि उनले प्रिमियर लिगमा  यसै साता हडर्सफिल्ड टाउनसँग खेल्दै छ भने त्यसपछि वोल्भस, न्युक्यासल युनाइटेड र फुलह्यामसँग का खेल गुमाउने भएका छन् । त्यस्तै लिभरपुल र टोटनह्यामसँगको खेल गुमाएका छन् भने नोभेम्बरमा हुने म्यानचेस्टर डर्बिसम्म फिट हुन सक्ने बताइएको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै