• २०८१ बैशाख १७ सोमबार

यातायात कार्यालय स्वयम्भूका सहलेखापाल र मेडिकल सहायक घुससहित पक्राउ

kharibot

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय ठूलोभार्याङ स्वयम्भूमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठलाई आज घुससहित नियन्त्रणमा लिएको छ । 

ट्रायल परीक्षा उत्तीर्ण गरेका २६ परीक्षार्थीबाट राजश्व रकमबाहेक थप रकम घुसबापत लिएको सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई रु १६ हजार घुसबापतको रकमसहित सहलेखापालको कार्यकक्षबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै