• २०८१ बैशाख १५ शनिबार

बाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्रमन्त्री भारततर्फ 

kharibot

काठमाडौँ। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत गएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली शुक्रबार बिहान पौन १०  बजे भारत गएका हुन्।

भारतीय जनता पार्टीका संस्थापक वाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो। विहिबार निधन भएका बाजपेयीको आजै अपराह्न ४ बजे अन्तिम संस्कार गरिने भएको छ। 

उनको अन्त्येष्टिमा सहभागी भएर ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै