• २०८१ बैशाख १५ शनिबार

‘मितिनी’ र ‘सोल्टी’ लाई आज चीन पठाइने 

kharibot

काठमाडौँ। चीनबाट कार्गाे विमान आउन नसकेपछि सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी एक सिङ्गे गैँडा हस्तान्तरणको कार्यक्रम आज हुने  भएको छ । 

चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गाे विमान  विहिबार नेपाल आउन नसकेपछि आज आउने भएको  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको उनले जानकारी दिए । 

चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको हो । दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै