काठमाडौँ । ग्लोबल मेयर्स फोरम कार्यक्रममा सहभागी बन्न काठमाण्डाँै माहानगर प्रमुख बिद्यासुन्दर शाक्य आज साँझ दक्षिण कोरीया जादै छन् ।
काठमाण्डौँ मेयर सहित पोखरा लेखनाथ माहानगरपालीका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख दक्षिण कोरीया जान लागेका हुन् । कार्यक्रममा काठमाण्डौँ, धरान, धुलीखेल, ललीतपुर , बिराटनगर , पोखराका मेयरहरु जाने कार्यक्रम रहेको छ ।
५ दिने कोरीया भ्रमण नितान्त स्मार्ट सीटीको बिषयमा कुरा हुने काठमाण्डौँ माहानगरका सह .प्रबक्ता नमराज ढकालले जानकारी दिएका छन् । सो कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा पनि जादै छन् ।
कार्यक्रममा करीब २० देशका सय भन्दा बढी प्रमुख बिच एक आपसमा छलफल तथा अन्तरक्रिया हुने बताईएको छ । ५ दिने भ्रमणपछि मेयरहरु २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।