• २०८१ बैशाख १५ शनिबार

विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादी बारे छानबिन समिति गठन

kharibot

उर्लाबारी, मोरङ। खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो । 

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए । 

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गरेका थिए । 

विद्यालयको ट्याङ्कीमा हालिएको साइपर मेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी मङ्गलबार बिरामी परेका थिए । बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अन्य २४ जना मङ्गलबारे अस्पताल उर्लाबारीमा उपचार गराएपछि घर फर्किएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै