• २०८१ बैशाख १५ शनिबार

किन घट्दै छन् फेसबुक, ट्विटर र स्न्यापच्याटका प्रयोगकर्ता ?  

kharibot

युरोप/अमेरिका । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र स्न्यापच्याट प्रयोग गर्ने संख्यामा कमी आइरहेको पाइएको छ । ६ महिनाको प्रतिवेदनअनुसार स्न्यापच्याटले फेसबुक र ट्विटरलाई पछ्याइरहेको पाइएको हो । 

स्न्यापच्याटका अनुसार जुनसम्मको पछिल्लो तीन महिनामा दैनिक प्रयोगकर्ता संख्या १ सय ९१ मिलियनबाट घटेर १ सय ८८ मिलियनमा झरेको छ जुन भनेको कुलमध्ये १.५ प्रतिशतको गिरावट हो । फेसबुकको स्वामित्व रहेको इन्स्टाग्रामका कारण स्न्यापच्याटका प्रयोगकर्ता घटेको बताइएको छ । नयाँ प्रयोगकर्ताहरु अहिले निकै कडा रहेको कम्पनीले जनाएको छ । त्यस्तै नयाँ प्रयोगकर्ताका लागि सामाजिक सञ्जालका एकपछि अर्को विकल्प भएकाले पनि यसो भएको बताइन्छ । २५ मिलियन फलोअर भएको एक प्रयोगकर्ताको ट्विटका कारण कम्पनीको १.३ बिलियन डलर भ्यालु घटेको थियो यही वर्षको सुरुतिर । 

कम्पनीको भ्यालु घट्नेमा सबैभन्दा बढी ध्यान फेसबुकले तानेको थियो । फेसबुकले १२० बिलियन डलर भ्यालु गुमाएको थियो । यो कम्पनीको एक दिनको बजार भ्यालु गिरावट हो । जुलाईमा युरोपमा कम्पनीले पहिलोपटक यस्तो गिरावटको सामना गर्नुपरेको थियो । फेसबुकका अनुसार ३ मिलियन युरोपेली प्रयोगकर्ता घट्दा यस्तो हुनपुगेको हो । जब क्याम्ब्रिज एनालिटिका स्क्यान्डलले बजार ततायो । मार्क जुकरबर्गले स्थापना गरेको १४ वर्षयता भोग्नुपरेको दुःखद स्थिति नै यही थियो । 
त्यस्तै यो वर्ष २५ वर्षमुनिका प्रयोगकर्ता बेलायत र अमेरिकामा करिब ३ मिलियनले फेसबुक प्रयोग गर्न छोड्ने विश्वास गरिएको छ । यद्यपि इन्स्टाग्रामबाट भने फेसबुकले उल्लेख्य प्रयोगकर्ता वृद्धि गर्न सफल भएको छ । 

त्यस्तै प्रयोगकर्ता घट्ने समस्या ट्विटरमा पनि रहेको छ । पछिल्लो महिना कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो । २०१३ मा सार्वजनिक भएयता कम्पनीको यो नै ठूलो गिरावट हो । गत महिना कम्पनीले १ मिलियन प्रयोगकर्ता गुमाएको बताएको थियो । त्यसमाथि झूटा र अनर्गल प्रयोगकर्ता हटाउने कम्पनीको नीतिले यसमा केही सहयोग गरेको हो । यी सबैपछि कम्पनीको प्रयोगकर्ता ३ सय ३५ मिलियन रहेका छन् विश्वव्यापी रुपमा । यसमध्ये पनि अझै घट्नसक्ने बताइएको छ । किनकि कम्पनीले अहिले एक दिनमा करिब १ मिलियन फेक वा अफेन्सिभ एकाउन्ट डिलेट गरिरहेको छ । 

खासगरी नयाँ डिजाइनका कारण स्न्यापच्याटले प्रयोगकर्ता गुमाएको मानिएको छ । यता फेसबुकले गुमाए पनि आफ्नो बिजनेसमा पकड कायमै राख्ने मानिन्छ भने ट्विटरले पनि प्रयोगकर्ताको अनुभवसापेक्ष सुधार गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै