• २०८१ बैशाख १७ सोमबार

टिपरको ठक्करबाट एकजनाको मृत्यु

kharibot

काठमाडौँ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको सल्लाघारीस्थित आकासे पुलनजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै