सलमान खानसँगको बिग्रेको सम्बन्ध सुधार्ने प्रियंकाको प्रयास  

खरीबोट

मुम्बई।  अभिनेत्री प्रियंका चोपडाले सलमान खानसँगको बिग्रेको आफ्नो सम्बन्ध सुधारको प्रयास छन्। भारत फिल्म छोडेर सलमानसँगको सम्बन्ध बिगारेकी प्रियंकाले अब सो सम्बन्ध सुधार्न खोजेको देखिएको छ।  

सलमानका ज्वाई आयुष शर्माको फिल्म लावरात्रीको हालै रिलिज भएको ट्रेलरलाई सामाजिक संजाल ट्वीटरमा सेयर गर्दै प्रियंकाले आयुषलाई बलिवुडमा स्वागत गरेकी छन्।

सलमान खानले निर्माण गरेको सो फिल्ममा सलमानले आफ्ना ज्वाई आयुषलाई लन्च गर्दै छन्। प्रियंकाले ट्रेलरको तारिफ गर्दै आयुषको बलिवुड डेभ्यु उत्कृष्ट हुने बताएकी छन्

प्रियंका चोपड़ाले ट्वीटमा भनेकी छन्, 'मेरो साथी फिल्ममा तिमीलाई स्वागत छ। यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिवुडमा शानदार डेब्यू हुदै हुदै छ  वारिना हुसैनलाई पनि धेरै शुभकामना र लवरात्रि लाई धेरै धेरै प्यार ।' 

प्रियंकाको यो ट्वीट पछि सिनेमाजगतमा एक किसिमको खलबली मचिएको छ । अब सबैले प्रियंकाको यस कदममा सलमान खानको प्रतिक्रिया कस्तो आउला भनेर पर्खिरहेका छन्। 

सम्बन्धित समाचार

बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने निश्चित 

मुम्बई। बलिवुडको चर्चित कमेडी फिल्म हेराफेरीको तेस्रो सिरिज बन्ने भएको छ।   धेरै पहिले बन्ने भनिएको यो फिल्म फिल्मका तीनै अभिनेता अक्षयकुमार, सुनिल शेठी र परवेश रावलले फिल्म सुटिंगको समय दिएपछि

म निजी र व्यवसायिकरुपमा सहि ठाउमा छु - आलिया भट्ट 

मुम्बई। बलिवुड अभिनेत्री आलिया भट्टले आफु निजीरुपमा र व्यवसायिक रुपमा सहि ठाउमा भएको बताएकी छन्। हाल अभिनेता रणवीर कपुरसँग अफयेर्समा रहेकी आलियाले आउदो बर्ष रणवीर कपुरसँग विवाह हुन लागेको चर्चा चलिरहेको

रणबीर सिंह र दीपिका पादुकोनेको विवाहको मिति तय !

मुम्बई ।  बलिवुड अभिनेता रणबीर सिंह र दीपिका पादुकोनेले आगामी नोभेम्बरमा विवाह गर्ने भएका छन्।  फिल्म फेयरका अनुसार उनीहरुले इटालीमा विवाह गर्ने निधो भएको उल्लेख  गरेको छ। रनबीर र दीपिकाले उत्तरी

बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक

मुम्बई।  बलिवुड अभिनेता बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागाको ट्रेलर सार्वजनिक भएको छ।  दुवैलाई फिल्ममा साधारण रुपमा प्रस्तुत गरिएको छ।  फिल्ममा जागिर भन्दा आफ्नै सानो व्यवसाय गर्न प्रेरित गर्ने