• २०८१ बैशाख १५ शनिबार

नासाको नयाँ प्लानेट हन्टरले १० हजार ‘एलियन संसार’ २ वर्षमै पत्ता लगाउने 

kharibot

पृथ्वीवरिपरि घुमिरहेको टेस स्पेसक्राफ्टको प्रतिनिधिमूलक कलाकारिता । तस्बिर : नासाको गडार्ड स्पेस फ्लाइट सेन्टर

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को नयाँ प्लानेट हन्टिङ टेलिस्कोपले धेरैभन्दा धेरै नयाँ संसार पत्ता लगाउने भएको छ । वैज्ञानिकहरुको एउटा टोली नै यस कार्यमा सहभागी छन् ।

ट्रान्जिटिंग एक्सोप्लानेट सर्वे स्याटेलाइट अथवा टीईएसएस(टेस) ले वैज्ञानिकहरुले जनाएअनुसार करिब १० हजार नवीनतम ग्रहहरु पत्ता लगाउनेछ । 

यो नयाँ संसारको खोजी गर्ने (प्लानेट हन्टर) स्याटेलाइटले अन्तरिक्षमा २ वर्षसम्म रहेर काम गर्ने जनाइएको छ । जसमध्ये करिब ३५ सय जति ग्रहहरु नवग्रहमध्येको एक वरुणभन्दा साना हुनसक्ने बताइएको छ ।

यदि दुई वर्षभन्दा लामो समयसम्म टेलिस्कोपले काम गरेमा भने यो संख्या बढ्नसक्ने बताइएको छ । यो नयाँ मिसनबाट वैज्ञानिकहरुले स्पेसक्राफ्ट प्रयोगबारे नयाँ र भरपर्दा योजना बनाउनसक्ने कुरा सिक्नेछन् । 

वैज्ञानिकहरुले उक्त टेलिस्कोपले २ वर्षसम्म मात्रै काम गर्नुपर्ने समयसीमा नरहेको भन्दै मिसन लम्बिनसक्ने तर्फ पनि संकेत गरेका छन् । नासाको एक्सोप्लानेट साइन्स इन्स्टिच्युट र काल्टेकका अन्य ग्रहसम्बन्धी अध्येता जेसी क्रिस्टेन्सनले उक्त कुरा स्वीकारेकी छिन् ।

उनी नयाँ अध्ययनमा संलग्न नरहे पनि यसले धेरै मद्दत गर्ने बताइन् । यद्यपि उक्त टेलिस्कोपले वैज्ञानिकहरुले अनुमान गरेभन्दा कम या बढी कति पत्ता लगाउनेछ भन्नेचाहिँ यसले आगामी दिनमा गर्ने कामबाट पत्ता लाग्नेछ नै, तर नयाँ भविष्यवाणीले भने डाटाहरुबारे एकीन गरेको छ जसमा युरोपियन मिसनले बनाएको गाइया भनिने विशाल मापक छ जसको फोकस मिल्की वेमा रहेको १.५ बिलियन ताराहरुतर्फ हुनेछ । 

१० हजार प्लानेट पत्ता लगाउने भनिए पनि यसमध्ये ३५ सय वटा भने वरुणभन्दा साना रहेको अनुमान गरिएको छ ।

यो म्याप टेसका लागि मूल्यवान् हुने बताइएको छ । यसले खगोलविद्हरुलाई उनीहरुले खोजी गर्नलागेको तारा कति टाढा छ भन्ने ज्ञान हुन्छ । खासगरी तारा/ग्रहको चम्किलोपनाअनुसार उक्त वस्तु कति ठूलो भन्ने पत्ता लाग्नेछ । गाइयाको डाटा प्रयोगबाट वैज्ञानिकहरुले उक्त स्याटेलाइट टेलिस्कोपको दायरा फराकिलो पार्नसक्ने क्रिष्टियान्सेनको भनाइ छ । यसले वैज्ञानिकहरुको मिसन ट्र्याकमै रहेको पुष्टि गर्नेछ ।

यसको मुख्य सुरुवाती काम भने ५० वटा वरुणभन्दा साना प्लानेटहरु पत्ता लगाउने हुनेछ । त्यस्तै १० हजार प्लानेट पत्ता लगाउने भनिए पनि यसमध्ये ३५ सय वटा भने वरुणभन्दा साना रहेको अनुमान गरिएको छ । जसलाई टेसको मुख्य अनुसन्धानको आधार समेत मानिएको छ । यी साना प्लानेट कसरी बनेका छन् भन्ने पत्ता लगाउनु पनि यस मिसनको काम हुनेछ । 

खासगरी अन्य सौर्यप्रणालीको विकास र फैलावट तथा तिनका ग्रहहरुको अर्बिट आदिबारे पनि टेसको माध्यमबाट अध्ययन गरिने विश्वास गरिएको छ । यसबाट ताराको चम्किलोपना जुन ग्रहले यसको तारा र उक्त इन्स्ट्रुमेन्टलाई छिचोल्नेछ, बारे पनि पत्ता लाग्ने अपेक्षा गरिएको छ । 

हाम्रो सौर्यप्रणालीमा ७ डिग्रीहरुको फैलावट छ तर नयाँ विश्लेषणअनुसार यो नम्बर औसतभन्दा धेरै नाटकीय रहेको मानिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय