• २०८१ बैशाख १६ आइतबार

विकासको गति बढाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना सुझाव

kharibot

फाइल तस्विर । 

चितवन / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिएका छन  । 

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आम रुपमा सरकारको विकासको गति अझै बढे हुन्थ्यो भन्ने छ, भने  । सरकारको कामप्रति राष्ट्रियसभा सन्तुष्ट रहेको र विधेयकहरु चाँडो ल्याउन अध्यक्ष तिमिल्सिनाले सरकारलाई आग्रह गरे  । उनले भने , “केही विधेयकहरु समय सीमाको हिसाबले असोज दुई गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि सरकारलाई घच्घच्याइरहेका छौँ ।” 

राष्ट्रियसभामा अहिले दुईवटा विधेयक टेबुल भएको र समय सीमा भित्रमा विधेयकहरु पारित हुने उनले बताए । उनले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताए । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै