सडकमै शिशु जन्मियो

खरीबोट

तस्बीर : टीका खतिवडा, रासस, इलाम

इलाम। एक महिलाले सडकमै शिशु जन्माएकी छन् । 

इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन् । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन् । 

इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि स्वास्थ्य संस्था टाढा भएकै कारण स्वास्थ्यसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता छ । 

सडकको अवस्था राम्रो नभएपछि अस्पताल लैजान पनि मानिसकै भर पर्नुपर्छ । घरबाट पक्की बाटो वा अस्पतालसम्म पुग्न नै धेरै समय खर्चिनुपर्दा समस्या हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । 

सम्बन्धित समाचार

सडकमै शिशु जन्मियो

इलाम। एक महिलाले सडकमै शिशु जन्माएकी छन् ।  इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन् । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको

लमजुङमा शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ / नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

चितवन / रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ ।  नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन्

नवजात शिशुको हत्या आरोपमा दुई पक्राउ

कञ्चनपुर ।  नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।  गंगाका