• २०८१ बैशाख १४ शुक्रबार

साताको सेयर : साताभर एक अर्ब सात करोड रुपैयाँको सेयर किनबेच

kharibot

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १५ हजार तीन १० कारोबारबाट एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा एक दसमलव ९४ प्रतिशत बढी हो । 

गत साता एक सय ७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार आठ सढ ८६ कारोबारबाट एक अर्ब पाँच करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरका ३९ लाख ४५ हजार सात सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दसमलव ५१ अंकले घटेर अन्तिम दिन ११ सय ९१ दसमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा  शुन्य दसमलव ४० अंकले  घटेर दुुई सय ५१ दसमलव १५ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम छ करोड ८७ लाख १० हजार रुपैयाँको आधारमा माछापुछ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या तीन लाख ३५ हजार कित्ताको आधारमा माछापुछ्रे बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या सात सय ३१ वटाको आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै