• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय फुटबल टोली अभ्यासका लागि थाइल्याण्ड प्रस्थान, यस्तो छ एसियन गेम्स र साफ च्याम्पियनसिपको तालिका 

kharibot

काठमाडाैं।  इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स र बंगलादेशमा हुने १२औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान गरेकाे छ ।

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टोली र एसियन गेम्स खेल्ने यू–२३ टोलीका खेलाडी समावेश संयुक्त टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा नेपालको दुई छुट्टै टोलीले मैत्रीपूर्ण खेल खेल्नेछन् । नेपालको राष्ट्रिय टोली आउँदो मंगलबार त्यहाँको पुलिस तेरोसँग खेल्नेछ भने नेपालको यू–२३ टोलीले अर्को शुक्रबार थाइल्याण्डको यू–२३ टिमसँग अभ्यास खेल खेल्नेछ ।

थाइल्याण्ड भ्रमणका लागि मुख्य प्रशिक्षक योतुकु कोजीले २९ खेलाडीको नाम तयार गरिसकेका छन् । यस्तै एसियन गेम्सकालागि पनि कोजीले २० सदस्यी खेलाडी छनोट गरिसकेका छन् ।

एसियन गेम्स :

एसियन गेम्स खेल्ने यू–२३ टोलीले खेल्ने छ जसमा तीन जना खेलाडी २३ बर्षभन्दा माथिका हुने छन्। एसियन गेम्सको समूह डी मा रहेको नेपालले पहिलो चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ । नेपालले पहिलो खेल  अगष्ट १४ अर्थात साउन २९ गते जापानविरुद्ध खेल्ने छ भने अगष्ट १६ अर्थात साउन ३१ गते भियतनाम र अगष्ट १९ अर्थात भाद्र ३ गते पाकिस्तानसँग खेल्ने छ। 

खेलाडी :

गोलकिपर : किरणकुमार लिम्बु, ऐलन न्यौपाने र सोजित गुरुङ
डिफेन्डर : गौरव बुढाथोकी, छिरिङ गुरुङ,  अनन्त तामाङ,  आदित्य तामाङ,  कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी
मिडफिल्डर : रोहित चन्द, हेमन्त गुरुङ,  हेमन्त थापा मगर, अन्जन विष्ट,  तेज तामाङ,  अभिषेक रिजाल
फरवार्ड : सुनिल वल,  भरत खवास,  सुमन लामा र विमल घर्तिमगर

१२औं साफ च्याम्पियनसिप :

बंगलादेशको ढाकामा हुने १२ औं साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर ४ देखि १५ सम्म चल्ने टुर्नामेन्टमा ७ देश सहभागी हुँदैछन् । साफको ७ पटकको च्याम्पियन भारतलगायत पाकिस्तान, श्रीलंका, माल्दिभ्स, नेपाल, भुटान र अफगानिस्तानले च्याम्पियनसिप खेल्नेछन् ।

समूह ए मा नेपालसहित पाकिस्तान, भुटान र बंगलादेश रहेका छन् भने समूह बि मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । खेल तालिकाअनुसार नेपालले साफ च्याम्पियनसिपमा पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसँग खेल्दैछ । त्यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल सेप्टेम्बर ६ मा आयोजक राष्ट्र बंगलादेससँग खेल्नेछ ।

त्यस्तै समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालले थाइल्याण्डमा अगष्ट ७ र १० मा दुई अभ्यास खेल खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै