• २०८१ बैशाख १५ शनिबार

अर्जेन्टिनाका फरवार्ड गोञ्जालो हुगैनले युभेन्टस छोडे 

kharibot

काठमाडौँ। अर्जेन्टिनाका फरवार्ड गोञ्जालो हुगैनले युभेन्टस छोड्ने भएका छन्।  

हुगैन इटाली सिरी ए क्लब एसी मिलानमा लोनमा जान सहमत भएका हुन्। हुगैनले एक बर्ष मिलानले युभेन्टसलाई पाउण्ड तिर्ने सहमति भएको बताइएको छ।  हुगैन एक सिजन लोनमा मिलानमा बसेर अर्को बर्ष मिलानमै सम्झौता गर्ने गरि मिलानमा जान लागेको बताइएको छ । 

यसअघि हुगैनलाई चेल्सीले ल्याउने पहल गरिरहेको भएपनि हुगैन भने सिरी ए मै रहन सहमत भएपछि चेल्सीको प्रयास असफल भएको छ। 

साथै यस डिलमा युभेन्टसले माटिया काल्डारा र लियोनार्दो बुन्चीचीलाई मिलानबाट भित्राउने भएको छ। 

३० बर्षिय हुगैनले युभेन्टसमा दुई सिजन खेल्दै १०५ खेलमा कुल ५५ गोल गरेका छन्।  उनले दुई सिजनमै युभेन्टसलाई सिरी ए र कोपा इटाली जिताएका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय