काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम प्रवास बिभागको प्रमुखमा विजय खडका(दोलखा) लाई मनोनयन गरेका छन् ।
राप्रपाका प्रवास संगठनका अनुभवी खडका राप्रपाका युवा नेता हुन । विश्व भरि राप्रपाको संगठन निर्माण,अनुगमन र विस्तार गर्न खडकाको महत्त्वपूर्ण भुमिका रहने छ ।
अमेरिका, युके, वेल्जियम, पोर्चुगल, नेदरल्यान्ड, जर्मन, जापान, कोरिया, युएई, कतार, हङकङ, आयरल्याण्ड, मेक्सिको लगायत विश्वको २५ देशमा प्रवासी नेपाली एकता समाज नामको नामको राप्रपाको भातृ संगठन सकृय रहेको छ ।
प्रवासमा राष्ट्रियता,राष्ट्रिय पहिचान, हिन्दुत्व, नेपालको धर्म, संस्कृति, पहिचान तथा प्रवासमा रहेका नेपालीको समस्याको विषयमा राप्रपा तथा यसको भातृ संगठनले कुरा उठाउदै आएको छ । प्रवास क्षेत्रमा भएको एनआरएनमा पनि यो संगठनले बलियो पकड वनाउदै आएको छ ।