• २०८१ बैशाख १६ आइतबार

दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

kharibot

बारा। जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघ बाराले प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया , बारालाई ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको छ ।

सुरक्षित यात्राको लागि चालक , यात्रु तथा पैदल यात्रुहरुलाई सड्क र ट्राफिक नियम सम्बन्धि सचेतना जागृत गराउँनका नगर उद्योग वाणिज्य संघले शुक्रवार एक कार्यक्रमका बिच ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमराको संयोजनमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ बाराको सहयोगमा तयार गरिएको विभिन्न चेतना एवंम् जानकारी मूलक ट्राफिक संकेत बोर्डहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर , सिमरा र पथलैयाको सड्क तथा बजार क्षेत्रहरुमा स्पष्ट देखिने गरी जडान गरिएको छ ।

यसरी जडान गरिएका सांकेतिक बोर्डहरुले सड्क प्रयोगकर्ताहरुमा सचेतना अभिबृद्दि हुँने तथा सवारी दुर्घटना र त्यसबाट हुँने क्षेती न्यूनिकरण हुँने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय कुमार साहले विश्वास व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र संघले २०११ देखि २०२० सम्म सड्क सुरक्षा दशकको रुपमा विभिन्न कार्यक्रमहरु गरिरहेको सन्दर्भमा नेपालले पनि सन् २०१३ देखि सहभागिता जनाई दुर्घटना न्यूनिकरणका लागि विविध कार्यक्रमहरु गर्दै आईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ की प्रमुख ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्यले बताईन् ।  

सोहि कार्यक्रम अनुरुप आम सड्क प्रयोगकर्ताहरुलाई सुरक्षित सवारी सञ्चालन तथा सड्क प्रयोग गर्न के के कुराहरुमा ध्यान दिनु पर्छ भन्ने बारेमा विविध जानकारी गराउँने गराउँने उद्देश्यले विभिन्न ट्राफिक नियम , चिन्ह संकेत तथा सुरक्षित सड्क प्रयोग सम्बन्धि जानकारी मूलक बोर्डहरु मार्फत सचेतना जागृत गराउँने यस कार्यक्रमको मूल उद्देश्य रहेको ट्राफिक प्रहरी उपरिक्षक बज्राचार्यले बताईन् ।

उपमहानगरपालिका वडा नं.२ स्थित सिमरा आयोजित सो कार्यक्रममा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने , जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बिकास बम लगायत स्थानीय राजनितिककर्ता तथा समाजसेवीहरुको आ–आफ्नों मन्तव्य प्रकट गरेका थिए । भने ट्राफिक प्रहरी निरिक्षक रिपेन्द्र सिंहले कार्यक्रमको सहजिकरण गरका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै