• २०८१ बैशाख २० बिहीबार

स्पेनमा कर छली प्रकरणमा रोनाल्डोले फाइन तिर्ने, विवाद मिल्यो 

kharibot

काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोको स्पेनमा रहेको कर छलि विवाद मिलेको छ ।  

स्पेनीस कर कार्यालयले रोनाल्डोले जरिमानासहित रकम तिर्न गरेको अपिल स्वीकार गरेपछि सो विवाद मिलेको हो।  अब नयाँ सहमति अनुसार रोनाल्डोले स्पेनी कर कार्यालयलाई १९ मिलियन युरो तिर्ने भएका छन्। मिडिया रिपोर्टमा दिनमा यस सम्बन्धमा संझौता प्रक्रिया अगाडी बढाइने बताइएको छ।  रोनाल्डोले जरिमाना तिर्ने भएपछि उनलाई तोक्ने सजाय नहुने भएको स्पेनिस मिडियाले बताएका छन्। 

रोनाल्डोले यस अघि नै सो रकम तिर्न मन्जुर भएपनि स्पेनिस कर कार्यालय सहमत नहुदा प्रक्रिया रोकिएको थियो।  

गत बर्ष सन् २०११ देखि २०१४ सम्म आफ्नो इमेज अधिकार सम्बन्धि कमाईमा कर छलेको आरोप लगाउदै रोनाल्डो माथि छानबिन सुरु गरिएको थियो। रोनाल्डोलाई १४.७ मिलियन युरो कर छलेको आरोप लगाइएको थियो। रोनाल्डोलाई स्पेन बाहिरको कम्पनि प्रयोग गरेर स्पेनमा कर छलेको आरोप लगाइएको थियो।  

हालै स्पेनको रियल म्याड्रिड छोडेका रोनाल्डोले स्पेन छोड्नुमा स्पेनको कर सम्बन्धि  भएको स्पेनिस मिडियाले चर्चा गरेका छन्। 

स्पेनमा यस अघि अर्का स्टार खेलाडी लियोनेल मेसी र उनका बुबा, जोसे मोरिन्हो, एलेक्सिज सान्चेज, जाभियर मस्चेरानो लगायतका खेलाडीलाई कर छलीको आरोप लागिसकेको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै