• २०८१ बैशाख १५ शनिबार

मापदण्ड नपुगेपछि त्रिविद्वारा नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

kharibot

काठमाडौं । स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिई सञ्चालनमा आएको खुलेपछि काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन त्रिभुवन विश्वविद्यालयले खारेज गरेको छ । बुधबार विश्वविद्यालयको कार्यकारी परिषद्ले सम्बन्धन खारेज गरेको हो ।

त्रिविविले यसअघि मापदण्डको अनुगमन गर्न समिति गठन गरेको थियो । बुधबार सहप्राध्यापक सनत देवकोटाको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले कलेजको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कलेजमा एउटा पनि बिरामी फेला नपरेको तथा औषधि फार्मेसी समेत बन्द रहेको अवस्थामा भेटिएको थियो ।

अनुगमनपछि अवैध सञ्चालन भइरहेको प्रतिवेदन परिषद्मा बुझाएपछि विश्वविद्यालयले कलेजको सम्बन्धन खारेज गरेको हो । नेशनल मेडिकल कलेज काठमाडौंको घट्टेकुलोमा रहेको छ । अध्ययन अध्यापनको लागि त्रिविविले तोकेको प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत साउन १२ मा त्रिविविले कलेजलाई सर्वोच्चको आदेशअनुसार भन्दै सम्बन्धन दिने निर्णय गरेको थियो । सो निर्णय अब खारेज भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै