काठमाडौँ। फ्रान्सका बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल यस विश्वकपको उत्कृष्ट गोल बनेको छ ।
फिफाले अनलाइन भोटिङमा सबै भन्दा धेरै भोट पाएर पभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो। २२ बर्षिय पभार्डले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अर्जेन्टिनाविरुद्ध ४-३ को अग्रता दिलाएका थिए। सो खेल फ्रान्सले ४-३ गोलले जितेको थियो।
सो गोलका बारेमा कुरा गर्दै पभार्डले बल आफु तिर आएको र आफुले नसोची पोष्टमा निशाना लगाएर हानेको बताए। मलाई स्ट्राइकरहरुले सधै यहि सिकाएका छन् भन्दै उनले आफुले धेरै नसोची सो बल हानेको र बल गोलमा परिणत भएपछि खुशी लागेको बताए।
त्यस्तै कोलोम्बियाका जुआन कोंटेरोले जापानविरुद्ध लो-फ्रि-किकमा गरेको गोल यस विश्वकपको दोस्रो उत्कृष्ट गोल बनेको छ भने क्रोसियाका लुका मोड्रीचले अर्जेन्टिनाविरुद्ध गरेको गोल विश्वकपको तेस्रो उत्कृष्ट गोल बनेको छ।
पभार्ड विश्वकपमा २००६ पछि उत्कृष्ट गोल गर्ने युरोपको पहिलो खेलाडी बनेका छन्। यस अघि सन् २०१४ मा कोलोम्बियाका जेम्स रोड्रीगेजको गोल उत्कृष्ट गोल बनेको थियो भने २०१० मा उरुग्वेका डिएगो फोरलान र सन् २००६ मा अर्जेन्टिनाका म्याक्सी रोड्रीगेजको ग्ल विश्वकपको उत्कृष्ट गोल बनेको थियो।