• २०८१ बैशाख १८ मंगलबार

विमानस्थलबाट साढे दुई किलो सुनसहित २ भारतीय नागरिक पक्राउ 

kharibot

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार थाई एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आउँदै गरेका २ जना भारतीय नागरिकको साथबाट २ किलो ५ सय ७० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो थाई एयलाइन्सको टिजी ३१९ फ्लाइटमार्फत् काठमाडौं आएका भारतीय नागरिक इमरान र अरिफ अलीको साथबाट उक्त सुन बरामद भएको हो। उनीहरुले सुन मलद्वारमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका भारतीय नागरिकलाई विमानस्थल भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय