• २०८१ बैशाख १६ आइतबार

वानेश्वर घटनाको भर्त्सना गर्दै काँग्रेसले भन्यो, 'सरकारविरुद्धको आन्दोलन जारी छ'  

kharibot

काठमाडौं । नेपाली काँग्रेसले शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेर अमानवीय चरित्र देखाएको भन्दै घटनाको भर्त्सना र निन्दा गरेको छ ।

काँग्रेसले विज्ञप्ति निकाल्दै वानेश्वर घटनाको भर्त्सना  हो । नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रहरीसँगको झडपमा घाइते भई उपचार गराइरहेका तरुण दलका सभापति जीतजंग बस्नेत लगायत घाइतेहरुलाई भेट्न सिभिल अस्पताल पुगेका काँग्रेस सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरेका थिए ।

काँग्रेसले चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा आन्दोलन जारी रहेको जनाएको छ ।

काँग्रेसले घटनाको निन्दा एवं घोर भत्र्सना गर्दै आइन्दा यस्तो काम बन्द गर्न सरकारलाई चेतावनी पनि दिएको छ ।

काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्दै त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द केसीले जारी राखेको अनशनको समाधान हो भनेको छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई काँग्रेसले अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति भनेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै