• २०८१ बैशाख १४ शुक्रबार

पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्याइने

kharibot

रामपुर (पाल्पा) । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्याउने बताएकी छन् । 

मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताइन् । 

नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनले बताइन् । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको बताइन् । 

स्वर्ण महोत्सवको अवसरमा उनले स्थापना कालदेखि हालसम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पुर्याउनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान पत्रले सम्मान गरिन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हकहितमा रहेर काम गर्दै आइरहेको बताए । 

कार्यक्रम शुरु हुनुपूर्व मंगलबार बिहान झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव यादवसिंह कार्कीले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै