• २०८१ बैशाख १५ शनिबार

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् ।

महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा सट्टेबाजीमा लगानी गर्दा घाटा नहुने र हारे पनि पैसा फिर्ता हुन्छ भन्दै सिंह लगायतका व्यक्तिसँग दुई करोड चालिस लाख रुपैयाँ उठाएर फरार भएका थिए । 

पीडितहरुका उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीलले उनलाई गएको असार ९ गते पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई ठगी मुद्धामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै