• २०८१ बैशाख १७ सोमबार

बलात्कार अभियोगपछि अस्ट्रेलियामा एक नेपाली युवालाई ६ वर्ष जेल

kharibot

काठमाडौं । एक कफिशपमा काम गर्ने नेपाली युवालाई अस्ट्रेलियामा बलात्कार अभियोगपछि छ वर्षको जेल सजाय सुनाइएको छ । एक २३ वर्षीया युवतीको घरमै सुतिरहेको अवस्थामा २९ वर्षका इन्द्र भण्डारीमाथि उक्त अभियोग लागेको डेलिमेलले जनाएको छ । 

युवती भण्डारीकै सहपाठी रहेको बताइएको छ । भण्डारीलाई ६ वर्ष ६ महिना जेल सजाय तोकिएको छ भने चार वर्षसम्म उनले जेलबाहिर समेत जान पाउनेछैनन् । डेली मेल अस्ट्रेलियालाई उद्धृत गर्दै डेली मेल युकेले लेखेको समाचारमा भण्डारीको फोटो समेत राखिएको छ । गत वर्ष मार्चमा भित्री मेलबर्न सहरमा रात्रिकालीन पार्टीमा सहभागी भएर घर फर्किरहेको अवस्थामा भण्डारीले उनीमाथि आक्रमण गरेको उल्लेख गरिएको छ । 

सोही रातको सुरुमा दुवैले मदिरापान गरेको र कुनै उद्यानमा चुम्बनक्रिडामा समेत संलग्न भएको समाचारमा जनाइएको छ । त्यसपछि भण्डारी युवतीको घरमा पुगेका थिए । अर्धनग्न अवस्थामा भण्डारी उनीसँगै सुतेको समेत अदालतमा बयान दिइएको छ । 

भण्डारीको काम गर्ने स्थान युवतीको घर नजिकै भएकाले युवतीले बिहानै काम गर्न जान सहयोग मिल्ने गरी उनलाई सुत्न दिएको बताइएको छ । सुतिरहेकै बखत युवतीले आफूमाथि भण्डारीले बलात्कार गरेको बताएकी हुन् । 

त्यसपछि युवती सबैसँग डराउनथालेको अदालतले जनाएको छ । युवतीको राजीखुसीमा उक्त काम नभएकाले भण्डारी दोषी ठहरिएका हुन् । यद्यपि भण्डारीले भने उक्त आरोप अस्वीकार गरे पनि उनले जबर्जस्ती चुम्बन गर्नेजस्ता क्रियाकलाप गरेकाले उनको अस्वीकारोक्ति अदालतले नमानेको जनाइएको छ । 

चार वर्षपछि मात्रै जेलबाहिर जानसक्ने गरी आदेश दिइए पनि त्यसपछि उनी नेपाल फर्काइनसक्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै