• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा गिरावट, प्राईम लाईफको एकै दिन तीस करोड भन्दा बढीको सेयर कारोवार 

kharibot

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्सेमा गिरावट आएको छ । नेप्से पाँच दसमलव ३८ अंकले घटेर ११ सय ९३ दसमलव ३९ बिन्दुुमा झर्दा सेन्सिटिभ शुन्य दसमलव ९६ अंकले घटेर दुई सय ५१ दसमलव ४२ बिन्दुुमा झmरेको छ । 

एक सय ६२ वटा कम्पनीहरुको तीन हजार सात सय ७२ वटा वटा कारोवारमा १९ लाख १८ हजार छ सय ४८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ५६ करोड १२ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक घटेर होटल र उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले बढेको छ । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ४६ अंकले घटेर एक हजार १२ दसमलव ८६ बिन्दुुमा झरेकोमा १० करोड ४६ लाख १९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक सात दसमलव आठ अंकले घटेर १४ सय नौ दसमलव २६ बिन्दुुमा झरेकोमा ९३ लाख ७४ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यसैगरी जलबिद्युुत समुुहको सुचक पनि आज छ दसमलव ६१ अंकले घटेर १४ सय ३७ दसमलव ८६ बिन्दुुमा झरेकोमा दुुई करोड ३९ लाख ३८ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ  । निर्जिवन बीमा समुहको सुचक पनि ८० दसमलव ८२ अंकले घटेर पाँच हजार नौ सय ६९ दसमलव ३५ बिन्दुुमा झरेकोमा पाँच करोड ८३ लाख १८ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक आज जीवन बीमा, फाईनान्स, अन्य र लघुुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको एनआईसी एशिया ग्रोथ फण्डको प्रतियुुनिट सेयर मुल्य चार रुपैयाँ तीन पैसाले बढेर नौ रुपैयाँ ५५ पैसामा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७९ पैसाले घटेर पाँच सय ६९ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ प्रतिकित्ता दुुई सय ८५ रुपैयाँ अन्तिम मुल्यमा एकै दिन ३० करोड ५९ लाख ३१ हजार पाँच सय ४० रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै