• २०८१ बैशाख १४ शुक्रबार

क्यान्सरसँग लड्दै सोनाली, १२ बर्षिय छोराले सम्हाल्दै   

kharibot

मुम्बई ।  क्यान्सरसँग लडिरहेकी अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो अवस्था बारे सामाजिक संजालबाट बेला बेलामा अपडेट दिइरहेकी छन् । 

यसैबीच सोनालीले पछिल्लो अपडेटमा आफुले आफ्नो क्यान्सरबारे आफ्ना १२ बर्षिय छोरालाई जानकारी गराएको बताएकी छन् । 

उनले लेखेकी छन् - 'छोरा रनबीरलाई कसरी बताउने र उसले कसरी लिन्छ होला भन्ने भइरहेका बेला उसलाई सबै कुरा बताएपछि उ अहिले मेरो आत्मविश्वास बढाउने बलियो आधार बनेको छ ।' आफ्ना छोरासँगको तस्बीर सार्वजनिक गर्दै सोनालीले यस खबरलाई आफ्नो छोराले राम्रोसँग बुझेर उल्टो आफुलाई सम्हालिरहेको बताएकी छन् ।  

केहि समय अघि उपचारकै क्रममा आफ्नो कपाल काटेकी सोनालीको क्यान्सर अन्तिम स्टेजमा रहेको उनी आफैले सार्वजनिक गरेकी थिइन् । हाल अमेरिकाको न्युयोर्कमा उपचार गराइरहेकी सोनालीलाई ठिक हुने सम्भावना रहेको मिडिया रिपोर्टहरु आएका छन् ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै